कोरोना देखिएका विद्यालय एक हप्ता बन्द गर्ने काठमाण्डौ महानगरपालिकाकाे निर्णय

 बैशाख ३, २०७८ शुक्रबार १३:०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौ महानगरपालिकाले कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण भए कम्तीमा एक हप्ता विद्यालय बन्द गर्न आग्रह गरेको छ ।

महानगरपालिकाले विज्ञप्ति निकालेर शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण भए एक हप्ता विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गर्न गराउन आग्रह गरेको हो ।

वैकल्पिक व्यवस्था नभएका विद्यालयहरूले भौतिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुनपानीले राम्रोसँग हात धुने, स्यानिटाइजरले हात सफा गर्ने जस्ता जनस्वास्थ्यका सबै मापदण्ड पालना गर्न पनि महानगरपालिकाले आग्रह गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण बालबालिका उच्च जोखिममा परेपछि हिजो स्वास्थ्य मन्त्रालयले बालबालिकालाई विद्यालयमा नपठाउन अपिल गरेको थियो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया