पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
डडेल्धुरा – निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने वास्तविक अपराधीलाई प्रहरीले उम्काउन खोजेको भन्दै डडेल्धुरामा बुधबार नागरिकहरुले आन्दोलन गरेका छन् ।
प्रहरीले वास्तविक अपराधी लुकाई मानसिक सन्तुलन गुमेका व्यक्तिलाई दोषी ठहराई वास्तविक अपराधिलाको बचाउ गरेको भन्दै आन्दोलन गरिएको पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष मान बहादुर साउदले बताउनुभयो ।
शान्तिपूर्ण रुपमा गरिएकाे आन्दोलनमा निर्मला पन्तको हत्यारालाई कारबाही गर, मानव अधिकारको रक्षा गर लगायतका नारा लगाइएकाे छ । आन्दोलनमा नागरिक समाजका अगुवा, स्थानीय समाजसेवी, पत्रकार, उद्योगी व्यवसायी लगायतको सहभागिता रहेको थियो ।
निर्मला पन्त हत्या प्रकरणको निष्पक्ष छानविन नभए आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिईने महिला विकास समाजकी अध्यक्ष आरती जोशीले बताउनुभयो । आन्दोलनका कारण केही समय सडक अवरुद्ध भएको थियो ।
आन्दोलनकारीहरुले कन्चनपुरका प्रहरी प्रमुखले दोषीलाई लुकाउन खोजेको भन्दै प्रहरी प्रमुखलाइृ निलम्बन गर्नु पर्ने, दोषीलाई बडा कारबाही हुनु पर्ने माग राखेका छन् ।
यसअघि प्रहरीले १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न भएको भन्दै मानसिक समन्तुलन गुमाएका स्थानीय दिलिप सिंह बिष्टलाई सार्वजनिक गरेको थियो ।
साथीको घरमा जान्छु भनी निस्केकी १३ वर्षीया पन्त गएको साउन ११ गते मृत अवस्थामा फेला परेकी थिइन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
डढेलधुराका उज्यालो सहकर्मी तपेन्द्र विष्ट रेडियो अमरगढीमा पनि काम गर्नुहुन्छ ।