प्रधानमन्त्री ओलीद्वारा विद्यालयकाे भवन उद्घाटन

 बैशाख ६, २०७८ सोमबार १७:२८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर महानगरपालिकामा रहेको पाटन माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्नुभएको छ । 

२०७२ को भूकम्पपछि क्षतिग्रस्त बनेको पाटन माध्यमिक विद्यालयको नवनिर्मित भवन प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको हो । याे भवन जापान सरकारको ऋण सहयोगमा नेपाल सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) ले निर्माण गरेको हो ।

भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पाटन माध्यमिक विद्यालय नेपालको इतिहास र व्यवस्थासँग जोडिएको बताउनुभयो । विद्यालयले एक शताब्दीलाई अर्को शताब्दीसँग जोडेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो भवन नेपालको इतिहाससँग जोडिएको छ । विभिन्न प्रणालीसँग जोडिएको छ । एउटा युग र अर्को युग, एउटा शताब्दी र अर्को शताब्दीसँग जोडिएको छ । यसले पुलको काम गरेको छ शताब्दीहरूको बीचमा । शासनहरूको बीचमा । प्रणालीहरूको बीचमा पुलको काम गरेको छ ।’

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नेपालका ८० प्रतिशत बालबालिका सामुदायिक विद्यालयमा पढ्ने गरेको भए पनि गुणस्तरीय शिक्षा प्रदान गर्न नसकेको बताउनुभयो । उहाँले पाटन माध्यमिक विद्यालयले आउँदा दिनमा गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । 

मेयर महर्जनले गुणस्तरीय शिक्षा प्रदान गर्ने सन्दर्भमा महानगरपालिकाले आवश्यक सहयोग गर्नेसमेत बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया