भारतमा मे १ तारिखदेखि १८ वर्षभन्दा माथिका सबैलाई खोप

 बैशाख ७, २०७८ मंगलबार ९:८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतमा आउँदो मे १ तारिखदेखि १८ वर्षभन्दा माथिका सबैले कोरोना विरुद्धकोे खोप पाउने भएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको बैठकले मे १ तारिखदेखि १८ वर्षमाथिका सबैलाई खोप दिने निर्णय गरेको हो । यस्तै, बैठकले खोप अभियानलाई अझै प्रभावकारी बनाउँदै तीव्र गतिमा खोप अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै, कोरोना विरुद्धको खोप खुला बजारमा बिक्री गर्न बैठकले स्वीकृति पनि दिएको खबरमा उल्लेख गरिएको छ ।  यो निर्णयसँगै अब खोप उत्पादक कम्पनीले हरेक महिना उत्पादन गर्ने कुल खोपको आधा प्रतिशत केन्द्र सरकारलाई बुझाउने छन् भने बाँकी रहेको प्रतिशत खुला बजारमा बेच्न पाउनेछन्।

भारतमा अहिलेसम्म १२ करोड ३८ लाखभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाइसेका छन् । तर, सङ्क्रमण फैलिए अनुसार खोप अभियानलाई बढाउन नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ । भारतमा गएको २४ घण्टामा मात्रै २ लाख ५६ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको छ ।

यो अवधिमा १ हजार ७ सय ५७ जनाभन्दा धेरैको ज्यान गएको छ ।
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया