स्वाब सङ्कलन नै नगरी कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट बनाइ पैसा असुल्ने गिरोह पक्राउ

 बैशाख ८, २०७८ बुधबार ८:५९:२२ | रासस
unn.prixa.net

काठमाण्डाै – स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पीसीआर रिपोर्ट नेगेटिभ बनाइ पैसा असुल्ने गरोह पक्राउ परेको छ ।

काठमाण्डाैको सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालिका सञ्चालक डा सीपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझीसहितको समूह प्रहरीले पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिका लागि कोरोना परीक्षणको नक्कली रिपोर्ट बनाउने आठ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । प्रहरी टोलीले मङ्गलबार बेलुका काठमाण्डाैकाे सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालिबाट स्वाब सङ्कलन तथा परीक्षण नै नगरी ‘पीसीआर टेष्ट नेगेटिभ’ भनी उल्लेख भएका चार थान नक्कली परीक्षण रिपोर्टसहित उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले प्रतिव्यक्ति  नौ हजार रुपैयाँ लिइ नक्कली रिपोर्ट बनाउने गरेको खुलेको छ । पक्राउ पर्नेमा झापा गौरादह घर भइ हाल पेप्सीकोला बस्ने ४५ वर्षीय प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझी, सप्तरीका प्रमोदकुमार यादव, महोत्तरी गौशालाका प्रदीपकुमार गिरी, महोत्तरीकै अमनकुमार यादव, मोरङ विराटनगरका व्रजेश पोख्रेल, महोत्तरीका बादल मिरिङ थिङ, दोलखा वैतेश्वरी घर भई चाबहिल बस्ने २२ वर्षीय सरोज क्षेत्री र सप्तरी मध्यपुराका डा खेलानन्दप्रसाद सिंह रहेको प्रहरीले जनाएको छ ।

त्यहाँबाट रिपोर्ट बनाउन प्रयोग हुने कम्प्युटरलगायतका उपकरणसमेत नियन्त्रणमा लिइएको र थप अनुसन्धान कार्यका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिको रोहबरमा सुरिया हेल्थकेयर प्रालिको सेवा हाललाई बन्द गराइएको महाशाखाले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया