जाली नोटसहित सुनसरीबाट तीन जना पक्राउ

 बैशाख ९, २०७८ बिहिबार ८:२५:३१ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ – जाली नाेटसहित सुनसरीबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको इनरुवा नगरपालिका ४ मा रहेकाे स्टार होटल अगाडिबाट जाली नोटसहित तीन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १९ का ६६ वर्षीय टेकबहादुर तामाङ, हरिनगर गाउँपालिका २ का २४ वर्षीय नजिम साफी र धरान उपमहानगरपालिका १७ का महेन्द्र तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको  छ । प्रहरीको विशेष अनुसन्धान टोलीले उनीहरूकाे साथबाट नेपाली जाली नोट एक हजार दरका चार सय १५ थान बरामद गरेकाे हाे । 

जाली नोटसहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रा सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गराइ थप अनुसन्धान भइरहेको छ ।  

अन्तिम अपडेट: चैत १५, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया