निर्मला हत्याकाण्ड : महेन्द्रनगर दिनभर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर

 भदौ ६, २०७५ बुधबार १८:३५:२५ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर –निर्मला पन्तको वास्तविक हत्याराको पहिचान गर्नु पर्ने माग राख्दै स्थानीय बासिन्दाले गरेको प्रदर्शनका क्रममा बुधबार पनि महेन्द्रनगर तनावग्रस्त बनेको छ । 

प्रहरीले निर्मलाको बलात्कार र हत्या अभियोगमा मानसिक सन्तुलन ठिक नभएका स्थानीय दिलिपसिंह बिष्टलाई प्रक्राउ गरी सार्वजनिक गरेपछि स्थानीय बासिन्दाले त्यसको विरोध स्वरुप स्थानीयले बुधबार पनि महेन्द्रनगरमा आन्दोलन र प्रर्दशन गरेका छन् । 

निर्मलाकी साथीको घर घेराउ

आक्रोशित स्थानीयले बुधबार निर्मला साथी रोशनीको घर घेराउ गरेका छन् । उनीहरुले निर्मलाको हत्यामा रोशनीकी दिदी बबिताको हात हुन सक्ने भन्दै उनीमाथि अनुसन्धानको माग गर्दै प्रदर्शन गरेका हुन् ।

आक्रोशित भिडले बमको घरभित्र प्रवेश गर्न खोजेपछि प्रहरी बल प्रयोग गर्दै २० राउण्ड हवाई फायर र दर्जनौ सेल अश्रुग्यास प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीय र प्रहरीबीच झडप समेत भएको छ । 

त्यो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर सेटीले भने ६४ सेल अश्रुग्यास प्रहार भएको बताउनुभयो ।  ‘आज हवाई फायर भएको छैन’, प्रनाउ सेटीले भन्नुभयो, ‘स्थितिलाई नियन्त्रणमा लिन ६४ सेल अश्रुग्यास मात्रै हानिएको हो ।’

प्रहरीले रोशनी र बबितामाथि छानबिन नगरेको र निर्दोष व्यक्तिलाई फसाउन खोजेको भन्दै आन्दोलनमा उत्रिएको स्थानीय रञ्जु थापाले बताउनुभयो । 

प्रहरी प्रशासनले वास्तविक दोषीलाई कानुनी दायरामा नल्याएसम्म आफूहको आन्दोलन जारी रहने स्थानीय बिमला थापाले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया