युद्धविराम सम्झौता लागू भएपछि दक्षिणी लेबनानका बासिन्दा घर फर्...
मंसिर १२, २०८१ बुधबार
इण्डोनेसियामा जारी १८ औँ एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत पुरुष भारोत्तोलनमा कमलबहादुर अधिकारीले आज नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
त्रिभुवन आर्मी क्लबसँग आवद्ध अधिकारीले पुरुष ६८ केजी तौल समूहमा स्न्याचमा ११९ केजी, क्लिन एण्ड जर्कमा १६० केजी गरी कूल २७९ केजी भार बहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।
यसअघि कमलले २०७१ मा स्न्याचमा ११८, क्लिन एण्ड जर्कमा १५५ को नयाँ कीर्तिमान बनाएका थिए । योसँगै अधिकारीको नाममा तीन राष्ट्रिय कीर्तिमान कायम भएका छन् । यसअघि मङ्गलबार सम्पन्न महिलाको ५३ केजीमा सञ्जु चौधरीले पनि तीन राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।
समूह ‘बी’ मा रहेको अधिकारी छैटौँ स्थानमा रहे । बिहीबार विकास थापाले ७७ केजीमा प्रतिस्पर्धा गर्नेछन् । यही भदौ १० गते तारादेवी पुनले ७५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने प्रशिक्षक दिनेश भुजेलले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।