असारसम्ममा तीन लाख कोरोना सङ्क्रमित थपिने अनुमान, ३५ हजारलाई अक्सिजन चाहिने

 बैशाख ९, २०७८ बिहिबार १८:५८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आउँदो असारसम्ममा नेपालमा थप तीन लाख व्यक्तिमा कोरोना सङ्क्रमण देखा पर्नसक्ने अनुमान गरेको छ ।

मन्त्रालयले कोरोनाको युके भेरियन्टको सङ्क्रमण दर उच्च भएकाले अबको तीन महिनामा सङ्क्रमण दर उच्च हुने देखिएको बताएको हो ।

आज प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले ३ लाख सङ्क्रमितमध्ये ६० हजारलाई अस्पतालमा उपचार गर्नुपर्ने, ३० देखि ३५ हजार बिरामीलाई अक्सिजन दिनुपर्ने र १५ हजार बिरामीलाई सघन उपचार कक्ष (आईसीयू) आवश्यक पर्ने अनुमान गरिएको बताउनुभयो । त्यसैअनुसार मन्त्रालयले तयारी गरिरहेको पनि सचिव अर्यालले बताउनुभयो ।

सचिव अर्यालले पछिल्लो केहीदिन काठमाण्डौका अस्पतालमा आएका कोरोना सङ्क्रमित बिरामीहरुको अवस्था छिटो गम्भीर अवस्थामा पुग्ने देखिएको बताउनुभयो । सचिव अर्यालले कुल जनसङ्ख्याको ७६ प्रतिशतमा कोरोना विरुद्धको खोप लगाउने योजना बनाएको पनि बताउनुभयो ।

मन्त्रालयले चालु आर्थिक वर्षमा कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि झण्डै ८ अर्ब रुपैयाँ खर्च गरेको छ । यस्तै, आउँदाे आर्थिक वर्षका लागि ६२ अर्बको सिलिङ्ग प्राप्त भए अनुसार कार्यक्रमहरु तयार गरिएको सचिव अर्यालले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया