सेतो मच्छिन्द्रनाथको रथयात्रा आज सकिँदै

 वैशाख ११, २०७८ शनिबार १०:३५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सेतो मच्छिन्द्रनाथको रथयात्रा आज सकिँदैछ ।

मच्छिन्द्रनाथलाई लगनमा रहेको रथबाट निकालेर खटमा राखेर सिन्दुर जात्रासहित जनबहालमा रहेको सेतो मच्छिन्द्रनाथको मन्दिरमा नै फिर्ता लगेपछि रथयात्रा सकिनेछ ।

आज मूर्तिलाई खतमा राखेर  लगनबाट दलाछि, भीमसेनस्थान, मरु हुँदै जनबहालमा रहेको मन्दिरमा लगिनेछ । गएको ७ गते जमलको तीनधारा पाठशालाबाट रथ तानेर सुरु भएको जात्रा लगन टोलबाट जनबहालमा मूर्तिलाई फिर्ता लगिएपछि सकिने गर्दछ ।

गएकाे वर्ष कोरोना महामारीबाट बच्न लकडाउन जारी गरिएपछि सेतो मच्छिन्द्रनाथको रथयात्रा रोकिएको थियो भने रथयात्रालाई क्षमा पूजामा मात्र सीमित गरिएको थियो । यसवर्ष स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर  रथजात्रा सञ्चालन गरिएको हो ।

सेतो मच्छिन्द्रनाथको विधिपूर्वक पूजाआजा गरे देशमा सहकाल आउँछ भन्ने मान्यता छ । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया