इतिहास झल्किने र आधुनिकता टल्किने धरहराको उद्घाटन गर्न पाउँदा खुशी लागेको छ : प्रधानमन्त्री ओली

 बैशाख ११, २०७८ शनिबार १२:४३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गर्न पाउँदा आफूलाई अत्यन्तै खुशी लागेको बताउनु भएको छ ।

धरहराको उद्घाटनपछि उहाँले धरहराको बाँकी काम समयमा नै सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । यस्तै, उहाँले धरहरा  पुनर्निर्माणमा खटिएका सबैलाई धन्यवाद दिनु भएको छ ।

‘राति पनि मैले हेरेको थियो, धरहरामा रङ्गरोगन गर्ने र सरसफाइ गर्ने काम भइरहेको थियो, दिनरात नभनेर काममा खटिनेहरुलाई म धन्यवाद दिन चाहन्छु’- उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको धरहरा बनेको भन्दै पुनर्निर्माणमा खटिनेहरु सम्मानको हकदार भएका बताउनुभयो ।

२०७२ साल फागुनमा ‘मै बनाउँछु मेरो धरहरा अभियान’ बाट चलाए पनि त्यो अभियान अगाडि बढ्न नसकेको तर, फेरि अर्को अभियान चलाएर धरहरा बनाउन सकिएको बताउनुभयो । उहाँले नेपालको इतिहास, संस्कृति झल्कने र आधुनिकता टल्किने अवधारणासहित धरहरा बनाएको दाबी पनि गर्नुभयो ।

धरहरा बनाउन प्रधानमन्त्री ओलीले आज २० औं तलामा रहेको धरहराको बालकोनीबाट पुष्पवृष्टि गरेर उद्घाटन गर्नु भएको हो । धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि उहाँ २० औं तलाको बालकोनीमा पुग्नु भएको थियो । त्यहाँबाट उहाँले काठमाण्डौ उपत्यकाको दृश्यावलोकन समेत गर्नु भएको थियो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया