हेटौँडामा आजदेखि गाडीमा जोरबिजोर प्रणाली लागू

 बैशाख १२, २०७८ आइतबार ८:३५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर - हेटौँडामा आजदेखि गाडीमा जोरबिजोर प्रणाली लागू हुने भएको छ।

हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी र सार्वजनिक सबै गाडीमा जोरबिजोर प्रणाली लागू हुँदैछ।

हेटौँडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरीलगायत सबै गाडीमा जोरबिजोर प्रणाली लागू हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो । 

जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको न्यूनीकरणका लागि आजदेखि हेटौँडामा निजी तथा सार्वजनिक गाडीमा जोरबिजोर प्रणाली लागू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको भनाइ छ ।

हेटौँडामा कोरोना सङ्क्रमण तीव्ररुपमा बढिरहेको छ । यस्तै आजदेखि मकवानपुर भरको पर्यटकीय क्षेत्र पार्क र वनभोजस्थल समेत बन्द गर्ने निर्णय भएको छ । सार्वजनिकस्थलमा मास्क नलगाउनेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया