कोरोना सङ्क्रमणबाट बालबालिका र ज्येष्ठ नागरिकलाई कसरी जोगाउने ?

 बैशाख १३, २०७८ सोमबार ११:१४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्वमा कोरोना भाइरसको दोस्रो लहर देखिएसँगै नेपालमा पनि सङ्क्रमणको जोखिम बढिरहेको छ । डाक्टरहरुले कोरोना भाइरसको दोस्रो लहरले पहिलेभन्दा तुलनात्मक रुपमा बढी प्रभाव पारेको बताएका छन् । स्वास्थ्य मापदण्ड पालना नगर्ने हो भने अवस्था भयावह बन्न सक्ने विज्ञहरुले चेतावनी दिएका छन् । 

कोरोना सङ्क्रमणबाट बच्नका लागि भीडभाडमा नजाने, घर बाहिर निस्कने बेलामा मास्क लगाउने, पटक-पटक साबुनपानीले हात धुनेलगायतका स्वास्थ्य सावधानीका उपाय अपनाउन विज्ञको सुझाव छ । पहिलो लहरमा कोरोना भाइरस सङ्क्रमितहरु कम हुँदै गए पनि धेरैले जनस्वास्थ्यका मापदण्डको पालना गर्न छाडेका थिए ।

कोरोनाको पहिलो लहरमा भन्दा दोस्रो लहरमा जोखिम धेरै हुने भएकाले आफ्ना बालबालिकालाई  सुरक्षित राख्नका लागि अभिभावकले विशेष सावधानी अपनाउन सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनको सुझाव छ ।

बालबालिकालाई सुरक्षित राख्न ध्यान दिनुपर्ने कुरा

*   धेरै बालबालिकाहरु जम्मा भएर खेल्ने ठाउँमा लैजान हुँदैन । त्यसले गर्दा बालबालिकामा कोरोना भाइरस सर्ने जोखिम हुन्छ । 

*   व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । 

*   मास्क लगाउने तथा साबुनपानीले हात धुने गर्नुपर्छ ।  

*   बालबालिकालाई सिर्जनात्मक गतिविधिमा लगाउनुपर्छ ।

*  बाहिरबाट आउनेबित्तिकै सिधै बालबालिकालाई समात्नु हुँदैन । सकिन्छ भने नुहाएर मात्र बालबालिकालाई लिने नत्र राम्ररी साबुनपानीले हात धोएपछि मात्र समात्ने गर्नुपर्छ । 

*  घरमा बालबालिकाले भेट्ने गरी जथाभाबी मास्क फाल्न हुँदैन ।

*  बालबालिकालाई सकारात्मक सन्देश दिनुपर्छ । 

*  उनीहरुको खानपिनमा ध्यान दिनुपर्छ ।

वृद्धवृद्धालाई कसरी हेरचाह गर्ने ? 

*   सकेसम्म ज्येष्ठ नागरिकसँग लामो समय नबिताउने 

*   घर बाहिर निस्कँदा र घर फर्किसकेपछि पनि विभिन्न सावधानीका उपाय अपनाउने । 

*   स्यानिटाइजरको प्रयोग गर्ने र ज्येष्ठ नागरिकलाई पनि प्रयोग गर्न लगाउने । 

*   भीडभाडमा जान नदिने र आफू पनि नजाने ।

*   ज्येष्ठ नागरिकको रोग प्रतिरोधात्मक क्षमताको विकास गर्नका लागि पौष्टिक आहारामा ध्यान दिने।

*   पूजाआजा भजनकीर्तन, जात्रापर्व सत्संग आदिमा ज्येष्ठ नागरिकलाई सहभागी नगराउने । 

*  ज्वरो, रुघाखोकी लागेका बालबालिका एवम् वयस्क तथा अन्य ज्येष्ठ नागरिक पनि स्वस्थ ज्येष्ठ नागरिकको नजिक नजाने । 

*  ज्येष्ठ नागरिकको नजिक जाँदा साबुनपानीले हात धोएपछि स्यानिटाइजर हातमा लगाएर मात्र जाने। 

*  परिवारका सबै सदस्यले खोक्दा, हाच्छ्यूँ गर्दा कुहिनाले छोप्ने । रुघाखोकी लागेमा मास्कको प्रयोग गर्ने । 

*  ज्येष्ठ नागरिकलाई घरभित्रै शारीरिक अभ्यास गर्ने वातावरण बनाउने । यसमा साधारण किसिमका शारीरिक व्यायाम गराउन सकिन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । 

*  ज्येष्ठ नागरिकलाई पहिले नै दम, मधुमेह, उच्च रक्तचाप भएको छ भने त्यसको नियन्त्रणको बारेमा जानकारी राखिरहनुपर्छ ।

*  ज्येष्ठ नागरिक घरभित्रै लामो समय एक्लै बस्दा मानसिक समस्या हुने सम्भावना रहन्छ । यसका लागि परिवारका अन्य सदस्यले बेलाबेलामा कुराकानी गरिरहनुपर्छ । 

*  ज्येष्ठ नागरिकलाई यस रोगका बारेमा तथ्यपरक सूचना एवम् जानकारी दिइरहनुपर्छ 

*  ज्येष्ठ नागरिक तथा परिवारका अन्य सदस्यहरु धूमपान, जाँडरक्सीबाट टाढै रहनुपर्छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया