लाङटाङ राष्ट्रिय निकुञ्जमा नौ महिनामा भित्रिए ३ हजार पर्यटक

 वैशाख १३, २०७८ सोमबार १३:२२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेका पर्यटकीय क्षेत्रहरूमा नेपाली तथा विदेशी पर्यटकको आगमन घटेको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण एक वर्षदेखि पर्यटकको आगमन बढ्न नसकेको हो । 

वार्षिक २० हजारभन्दा बढी पर्यटक आउने गरेकामा चालु आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा ३ हजार १ सय ४१ पर्यटक आएका छन् । निकुञ्जले दिएको जानकारीअनुसार २०७७ साउनदेखि चैत मसान्तसम्ममा २ हजार ९ सय ४१ नेपाली, १ सय ८२ विदेशी र १८ जना सार्क राष्ट्रका पर्यटक आएका छन् । आएका  पर्यटक जिल्लाको गोसाइँकुण्ड, लाङटाङ लगायतका क्षेत्रमा गएका निकुञ्जले जनाएको छ । निकुञ्जले पर्यटकबाट ८ लाख १३ हजार १ सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ । 

कोरोनाको दोस्रो लहर सुरु भएसँगै केही दिनदेखि रसुवाका पर्यटकीय क्षेत्रहरूमा पर्यटक आएका छैनन्। आएका पर्यटकमध्ये गोसाइँकुण्ड र लाङटाङ क्षेत्रमा पुग्नेको सङ्ख्या बढी छ । जिल्लामा आउने पर्यटकहरू लाङटाङ, गोसाइँकुण्ड, तामाङ सम्पदा मार्ग, रसुवागढी, नागथली लगायतका क्षेत्रमा जाने गरेका छन् । सामूहिक रुपमा घुम्न मन पराउने युवाहरु न्यूनतम दुई जनादेखि १५ जनासम्मको समूहमा आउने गरेका निकुञ्जको तथ्याङ्कले देखाउँछ। 

स्वदेशी पर्यटकले न्यूनतम पाँच हजारदेखि १५ हजारसम्म खर्च गर्ने गरेका छन् । पर्यटकीय जिल्ला रसुवामा धार्मिक, सास्कृतिक, प्राकृतिक, ऐतिहासिकस्थल हुनुका साथै विश्वकै दुर्लभ रेडपाण्डा, हिमचितुवा लगायतका जीवजन्तुको अध्ययन, अवलोकन गर्नका लागि स्वदेशी तथा विदेशी पर्यटक भित्रने गरेका छन् । 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया