मास्क नलगाउने १३ सय २५ जनालाई ‘होल्ड’

 वैशाख १३, २०७८ सोमबार १२:५४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौमा मास्क नलगाउने १३ सयभन्दा बढीलाई प्रहरीले केही बेर होल्डमा राखेर सम्झाइ बुझाइ गरेको छ ।

आज मात्रै काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा मास्क नलगाइ हिँड्ने १३ सय २५ जनालाई सम्झाइबुझाइ गरेको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

प्रहरीले मास्क नलगाइ हिँड्नेहरुलाई अनिवार्य मास्क लगाउन भनेको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि अहिले काठमाण्डौ उपत्यकाका चोकचोकमा खटिएका प्रहरीले स्वास्थ्य मापदण्ड पालना भए नभएकाबारे अनुगमन गर्दै आएको छ ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि विज्ञहरुले अनिवार्य मास्क लगाउन भनेपछि प्रहरीले कडाइ गरेको हो ।  
 

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया