नवलपरासी : युवाको शङ्कास्पद रुपमा ज्यान गएकाे भन्दै स्थानीयद्वारा प्रहरी कार्यालय घेराउ

 बैशाख १४, २०७८ मंगलबार १०:५७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

नवलपरासी - एक युवाको शङ्कास्पद तरिकाले ज्यान गएको भन्दै स्थानीयले नवलपरासीको इलाका प्रहरी कार्यालय घेरेका छन् ।

सयौँको सङ्ख्यामा बेलाटारी पुगेका स्थानीयवासीले आत्महत्या नभएर युवकको हत्या गरिएको भन्दै न्यायिक छानविन हुनुपर्ने माग गरेका छन्  ।

अस्ति आइतवारदेखि हराइरहेका प्रतापपुर गाउँपालिका वडा नम्बर ५ धर्माैलीका २३ वर्षका कौलेश कहांर हिजो खेतमा मृत अवस्थामा भेटिएका थिए ।

शव हेर्दा युवकले आत्महत्या गरेको हुनसक्ने प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रवक्ता राजु लामाले बताउनुभयो । प्रहरीले आत्महत्या भनेपछि आक्रोशित बनेका स्थानीयवासी त्रिवेणी बर्दघाट सडकको प्रतापपुर पुलमा शव राखेर प्रदर्शन गरिरहेका छन् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया