आज काठमाण्डौको न्यूनतम तापक्रम थोरैले बढ्यो : तराईमा हुस्सु,को...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – अक्सिजन उत्पादकहरूले आवश्यक सिलिन्डर उपलब्ध भए नेपाललाई पुग्ने अक्सिजन उत्पादन गर्न समस्या नरहेको जनाएका छन् । तर उत्पादनका लागि आवश्यक पूर्वाधारसहित सिलिन्डरको व्यवस्थापन हुनुपर्ने उनीहरूको माग छ ।
आफूहरूले पहिलेदेखि नै सिलिन्डर र अरू पूर्वाधारबारे सरकारको ध्यानाकर्षण गराएको भए पनि सरकारले वास्तै नगरेको नेपाल अक्सिजन उत्पादक सङ्घका महासचिव एवम् सगरमाथा अक्सिजन उद्योगका सञ्चालक नारायणदत्त तिमिल्सिनाले उज्यालोलाई बताउनुभयो ।
उहाँले देशभर रहेका २० वटै प्लान्ट निरन्तर सञ्चालन भएमा माग धान्न खासै समस्या नपर्ने बताउनुभयो । तर त्यसका लागि अहिलेदेखि नै उत्पादन बढाएर भण्डारण गरेर राख्नुपर्ने उहाँको भनाइ छ । अहिले कतिपय प्लान्ट मर्मत गर्नुपर्ने र उत्पादन भइहाले पनि भण्डार गरेर राख्ने ठाउँ नै नरहेको तिमिल्सिनाले बताउनुभयो ।
सरकारले नेपालमा उत्पादन बढाउन उद्योगीलाई प्रोत्साहन दिने उद्देश्यले भन्सार छुट गर्ने निर्णय गरेको छ । तर अहिले अक्सिजन उत्पादनको भन्दा पनि सिलिन्डरको समस्या धेरै रहेकोले तत्काल ३० देखि ४० हजार सिलिन्डर आयात गर्नुपर्ने व्यवसायीको भनाइ छ ।
कोरोना भाइरसको सङ्क्रमण जुनसुकै अवस्थामा पुगे पनि देशभित्रकै उत्पादित अक्सिजनले पुग्ने सरकारले दाबी गरेको छ । भारतमा अक्सिजनको अभाव भएर धेरै सङ्क्रमितले ज्यान गुमाउनु परिरहेको भए पनि नेपालमा अक्सिजन ग्यास उत्पादनमा कुनै समस्या नरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।
अक्सिजन उत्पादनबारे आफूहरुले उद्योगीहरुसँग नियमित छलफल गरिरहेको भन्दै उहाँले नेपालमा चाहिने जति अक्सिजन देशभित्रै उत्पादन भइरहेको बताउनुभयो । अक्सिजन प्लान्ट रहेका अस्पतालहरुमा पूरै उत्पादन गर्नुपर्ने र प्लान्ट नभएका अस्पतालले तत्काल अक्सिजन लिएर राख्न गौतमको आग्रह छ ।
यसैबीच, सरकारले नेपालमा पिलक्विड अक्सिजन निर्यातमा लगाएको प्रतिबन्ध हटाइदिन भारतलाई पत्राचार गरेको छ । भारतीय पक्षले भने एक हप्ता पर्खन आग्रह गरेको छ । नेपालमा भारतको झारखण्डमा रहेको लिन्ड इन्डिया अक्सिजन प्लान्टबाट हरेक महिना १५० टन अक्सिजन आपूर्ति हुँदै आएको थियो । तर पछिल्लो समय भारतको केन्द्र सरकारले अक्सिजन निर्यातमा रोक लगाएको छ ।
अहिले भारतबाट लिक्विड अक्सिजन र सिलिन्डर आउन रोकिएपछि नेपाल सरकारले औपचारिक पत्र पठाएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।