दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – सार्वजनिक गाडी सञ्चालनमा रोक लगाउने सरकारको निर्णयप्रति यातायात व्यवसायीले असन्तुष्टि व्यक्त गरेका छन् ।
सरकारले काठमाण्डाै उपत्यकामा वैशाख १६ गतेदेखि १५ दिनका लागि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ तर आन्तरिक हवाई उडान तत्काल नरोक्ने निर्णय गरेको छ । यस्तो निर्णय विभेदपूर्ण रहेको भन्दै यातायात व्यवसायीले असन्तुष्टि जनाएका हुन् ।
कोरोना सङ्क्रमणको अवस्था भयावह छ भने अत्यावश्यकबाहेकका सबै प्रकारका यातायातका साधन रोक्नुपर्ने व्यवसायीको माग छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सरकारले यातायात सञ्चालनमा रोक लगाउँदा विभेदपूर्ण निर्णय गरेको भन्दै सरकारी निर्णयलाई पुनर्विचार गर्न माग गर्नुभयो । हवाई उडानमा जस्तै सार्वजनिक यातायातका सवारी साधनले पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्ने भएकाले लामो दुरीका गाडी चलाउन दिनुपर्ने बताउनुभयो ।
महासचिव सिटौलाले आन्तरिक उडान र सार्वजनिक गाडीलाई विभेद गरिए गाडी सञ्चालनमा रोक लगाउने सरकारको निर्णयको स्वतःस्फूर्त अवज्ञा हुन सक्ने बताउनुभयो ।
अघिल्लो वर्ष लामो समय बन्द गरिँदा यातायात क्षेत्र धराशायी भएको भन्दै व्यवसायीहरूले यस वर्ष यातायात व्यवसायलाई बन्द गर्नु नहुने बताइरहेका छन् । सार्वजनिक गाडी बन्द गरेर मात्रै कोरोना सङ्क्रमण नरोकिने भन्दै उनीहरूले यसका लागि सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।