देशभरको तापक्रम बढ्दो, पश्चिमी तराई क्षेत्रमा सबैभन्दा धेरै गर्मी

 वैशाख १५, २०७८ बुधबार ८:२२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – केही दिनदेखि देशभरको तापक्रम बढिरहेको छ । काठमाण्डौसहित देशभर तापक्रम बढिरहेको मौसमविद् मञ्जू बासीले जानकारी दिनुभयो ।

विशेषगरी पश्चिमी तराईमा गर्मी धेरै बढेको मौसमविद् बासीले बताउनुभयो । आज भैरहवाको तापक्रम ४१ देखि ४३ डिग्री सेल्सियससम्म रहने अनुमान  छ । भैरहवामा हिजो ४२ डिग्री सेल्सियस र अस्ति  ३९ डिग्री सेल्सियससम्म तापक्रम मापन गरिएको थियो । यस्तै नेपालगञ्जमा आज ४० देखि ४२ डिग्री सेल्सियससम्म तापक्रम रहने अनुमान छ ।

नेपालगञ्जमा हिजो ४० दशमलव ८ डिग्री सेल्सियससम्म र अस्ति ४० दशमलव ६ डिग्री सेल्सियससम्म मापन गरिएको थियो । तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेकोले अबको केही दिन गर्मी अझै बढ्ने मौसमविद्को भनाइ छ । यस्तै आज दिउँसोपछि पहाडका केही ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको छ ।

यस्तै आज राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी चल्ने मौसमविद्ले बताएका छन् ।  अहिले पहाडी क्षेत्रको मौसम आंशिक बदली छ भने  बाँकी ठाउँको मौसम सफा रहेको मौसमविद्ले बताएका छन् । 
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया