गण्डकी प्रदेश : 'हराएका' सांसदको जीवन रक्षा गर्न जनमोर्चाको माग, प्रदेश सभा बैठक स्थगित

 बैशाख १५, २०७८ बुधबार १७:२८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय जनमोर्चाले आफ्ना गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहीको जीवनरक्षाको माग गरेको छ । सचेतक पियारी थापाले सांसद शाहीको अवस्था अज्ञात रहेको र उहाँको जीवन रक्षा गर्न सभामुखलाई पत्र लेख्नुभएको छ ।

जनमोर्चाले हराएका सांसद नभेटिएसम्म संसद् बैठक स्थगित गर्न आग्रह गरेपछि सभामुख नेत्रनाथ अधिकारीले अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभएको छ ।

गण्डकीमा बुधवार (आज) मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा मतदान हुने कार्यक्रम रहेकोमा जनमोर्चाका सांसद खिमविक्रम शाही दिउँसोदेखि सम्पर्कमा आउनुभएको छैन ।

गण्डकीमा एमाले र जनमोर्चाको सरकार रहेकोमा जनमोर्चाले समर्थन फिर्ता लिएपछि २८ सांसदसहित एमालेको सरकार अल्पमतमा परेको छ । ६० सदस्यीय प्रदेश सभामा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ र राष्ट्रिय जनमोर्चाका तीन जना सांसद छन् ।

चार दल मिलेर नयाँ सरकार गठनको लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया