काठमाण्डौ उपत्यकामा निषेधाज्ञा पालनामा कडाइ, एक हजारभन्दा धेरै गाडी होल्डमा

 वैशाख १६, २०७८ बिहीबार १२:१५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा बिहानदेखि लागू गरिएको निषेधाज्ञा कार्यान्वयनका लागि कडाइ गरिएको छ ।

सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । सुरक्षाकर्मीले सुरक्षा चेकजाँचलाई कडा पारेका छन् ।

अत्यावश्यक बाहेकका गाडीलाई होल्ड गरिएको छ भने मास्क नलगाइ हिड्ँनेलाई सम्झाइ बुझाइ गरिएको प्रहरीले जनाएको छ । अहिलेसम्म एक हजारभन्दा धेरै गाडीलाई प्रहरीले होल्डमा राखेको छ । प्रहरीका अनुसार होल्डमा हुनेमा दुई पाङ्ग्रे गाडी धेरै छन् । अहिलेसम्म ८ सय १५ वटा दुई पाङ्ग्रे गाडी र दुई सय ३३ वटा चार पाङ्ग्रे गाडीलाई होल्डमा राखिएको प्रहरीले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले काठमाण्डौ उपत्यकाका तीनवटा जिल्लामा आजदेखि १५ दिनसम्म निषेधाज्ञा लगाएको छ । अत्यावश्यक बाहेकका गाडी नचलाउन र अनुमतिबाहेकले पनि गाडीमा देखिने गरी सेवा क्षेत्र उल्लेख गरेर परिचयपत्र भिरेर हिँड्न प्रहरीले आग्रह गरेको छ ।

कोरोना सङ्क्रमणबाट बच्न बिना काम घर बाहिर ननिस्कन र अति आवश्यक काम परेर घरबाहिर निस्कनै पर्ने अवस्थामा स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न तथा प्रशासनको आदेशअनुसार गर्न सरकारले आग्रह गरेको छ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया