काठमाण्डौसहित देशका पहाडी क्षेत्रमा असिना पानी

 वैशाख १६, २०७८ बिहीबार १४:२९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – काठमाण्डाै उपत्यकासहित देशका पहाडी क्षेत्रमा असिना पानी परेको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रका धेरैजसो ठाउँमा चट्याङसहित असिना पानी परेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पानी नपरेका पहाडी क्षेत्रमा पनि मौसम धुम्मिएको छ । केही ठाउँमा हावा चलेको छ । आज राति पनि पहाडी क्षेत्रमा हावाहुरीसहित चट्याङ र पानी पर्ने सम्भावना रहको मौसमविद् अर्यालले बताउनुभयो ।

प्रि–मनसुनमा प्राय हरेक दिनजसो बेलुकाको समयमा चट्याङ पर्ने सम्भावना हुने भएकाले विशेष सावधानी अपनाउनुपर्छ । दिउँसोपछि खेतबारीमा सकेसम्म काम नगर्न मौसमविद्को सुझाव छ ।

भोलि र पर्सी पनि काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा चट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । तराईका जिल्लाको मौसम भने आंशिक बदली भएको छ ।   

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया