बिहे भोजमा झगडा, कुटपिट गरेकाे आराेपमा आठ जना पक्राउ

 बैशाख १६, २०७८ बिहिबार १९:१८:१८ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – गएको सोमवार रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ९ मा भएको बिहे भोजमा झगडा तथा कुटपिट गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक किशोर पनि छन् । 

पक्राउ परेकाको बिहीवार जानकारी दिनु हुँदै जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) ध्रुवकुमार श्रेष्ठले झडप नियन्त्रण गर्न र उनीहरूलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय र जाजरकोटबाट समेत प्रहरी पठाइएको बताउनुभयो । 

घटनामा संलग्न भएको आरोपमा पक्राउ पर्नेमा बाँसगढी नगरपालिका ९ का विक्रम खाँड ठकुरी, त्यही ठाउँका सुरेश चन्द, जाजरकोटको नलगाड नगरपालिका ७ का नवीन घर्ती, भेरी नगरपालिका ३ का राजन विक, भानु ओली रहेका डीएसपी श्रेष्ठले बताउनुभयो । त्यसैगरी रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ का सुदर्शन बिष्ट, आठबीसकोट नगरपालिका ९ का मनोज परियार र त्यही ठाउँका १५ वर्षीय किशोर पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयमा बालबालिकाका लागि छुट्टै कक्ष नभएकाले ती किशोरलाई अभिभावकको साथमा राखेर सोधपुछ गर्ने व्यवस्था मिलाइएको प्रहरी कार्यालयले जनाएको छ । 

पक्राउ परेकाविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा तथा नैतिकताविरुद्धको कसुरमा अभद्र व्यवहारअन्तर्गतको मुद्दा चलाइने डीएसपी श्रेष्ठले बताउनुभयो । पक्राउ परेकाहरू दुवै समूहका रहेका र घटनामा संलग्न केही मुख्य व्यक्ति फरार रहेकाले उनीहरूको खोजी भइरहेको छ । 

स्थानीय राडी बजारका मनोज बस्नेतको बिहे भोज भइरहेको अवस्थामा दुई समूहबीच झडप हुँदा दुई जना घाइते भएका थिए । घाइतेमध्ये आठबीसकोट नगरपालिका ९ का गोविन्द शाहीको अवस्था गम्भीर भएपछि शिक्षण अस्पताल कोहलपुर रेफर गरिएको छ भने अर्का घाइते पूर्ण विकको स्थानीय अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया