वैदेशिक रोजगार बोर्ड : शव ढुवानी र आर्थिक सहायता बाहेकका सेवा बन्द

 बैशाख १६, २०७८ बिहिबार १८:४८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगार बोर्डको सचिवालयले शव ढुवानी र आर्थिक सहायता बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरेको छ ।

सचिवालयबाट प्रदान गरिँदै आएका शव ढुवानी र आर्थिक सहायता बाहेकका सेवाहरु आजदेखि  अर्को सूचना जारी नहुँदासम्मको लागि बन्द गरिएको बोर्डले जनाएको छ ।

कोरोनाको नयाँ भेरियन्टको संक्रमण बढेसँगै नेपाल सरकारले देशका विभिन्न ठाउँमा निषेधाज्ञा लागू गरेको छ । यस्तो अवस्थामा संक्रमणबाट जोगिन बोर्डले पनि भौतिक रुपमा उपस्थित हुनुपर्ने आफ्ना सेवाहरु बन्द गरेको हो ।

बोर्डबाट प्रदान गरिने आर्थिक सहायताका लागि आवश्यक कागजातहरु संलग्न गरी स्थानीय तहमार्फत निवेदन दिन सकिनेछ । थप जानकारीका लागि श्रम कल सेन्टर ११४१ वा बोर्ड सचिवालयको फोन नम्बर ४२२०३११ मा सम्पर्क गरेर बुझ्न सकिने बोर्डले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया