कोरोनाको जोखिम रहँदासम्म रसुवागढी नाकामा कडाइ हुने

 बैशाख १७, २०७८ शुक्रबार ९:२२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - विश्वव्यापी फैलिएको कोरोना भाइरसको जोखिम रहँदासम्म रसुवागढी नाकामा कडाइ गरिने भएको छ ।

नाकामा कडाइ नगर्दा कोरोनाको थप जोखिम बढ्ने भएकाले अहिलेको अवस्थालाई नै निरन्तरता दिइने भएको हो । एक वर्षअघिदेखि नाकामा मानिसको आवतजावत रोकिएको छ भने चिनियाँ सामग्री चिनियाँ गाडीले नै ल्याइरहेका छन् । 

बिहीवार रसुवागढीमा रहेकाे नेपाल चीन जोड्ने मितेरी पुलमा बसेको दुई देश बीचको सीमा सुरक्षा बैठकले नाकामा आवतजावत गर्न नदिने, चिनियाँ गाडीले नै सामग्री नेपालसम्म ल्याएर झार्ने, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने लगायतका विषयलाई नै निरन्तरता दिएको हाे। 

बैठकमा चिनियाँ पक्षले नेपाल तथा रसुवामा कोरोनाको अवस्था, कोरोना न्यूनीकरणका लागि चालिएको कदम, यसको नियन्त्रण तथा रोकथामको चुनौतीबारे चासो राखेका थिए । बैठकमा कोभिड-१९ को विषयलाई प्रमुख एजेण्डा बनाएर छलफल गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद ढकालले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया