सरकारका सभा, सम्मेलन र तडकभडकले कोरोना सङ्क्रमण बढ्यो : कांग्रेस

 वैशाख १७, २०७८ शुक्रबार १६:३६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले गरेका सभा, सम्मेलन, शिलान्यास, उद्घाटनजस्ता क्रियाकलापले कोरोना भाइरसको सङ्क्रमण बढेको आरोप लगाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको पत्रकार सम्मेलनमा सभापति देउवाले ओली सरकारले शिलान्यास, उद्घाटन, भिडभाड गरेको तर सङ्क्रमण रोक्ने कुनै ठोस काम नगरेको आरोपसमेत लगाउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण फेरि निषेधाज्ञा र लकडाउन गर्नुपर्ने स्थिति आएको पनि बताउनुभयो ।

देउवाले कोरोनाको सङ्क्रमणका कारण नागरिकले भोग्नुपरेको समस्या समाधान गर्न सरकारलाई ११ बुँदे सुझावसमेत दिनुभएको छ । उहाँले अस्पतालमा आवश्यक उपकरणसहित सङ्क्रमितको उपचारका लागि अक्सिजन र भेन्टिलेटरको आपूर्ति सुनिश्चित गर्न, सीमा नाकामा होल्डिङ सेन्टरको व्यवस्था गर्न सुझाव दिनुभएको छ ।

उहाँले कोरोनाका कारण आर्थिक सामाजिक मारमा परेका नागरिक, श्रमिक र साना व्यवसायीलाई आवश्यक राहत र सहयोगको कार्ययोजना ल्याउन पनि माग गर्नुभएको छ ।

यस्ताे छ कांग्रेसकाे प्रेस नाेट–

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया