निषेधाज्ञामा सुनसान काठमाण्डाै (फाेटाे फिचर)

 बैशाख १८, २०७८ शनिबार १३:३०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरस सङ्क्रमणकाे रोकथाम तथा नियन्त्रणका लागि सरकारले गएकाे वैशाख १६ गतेदेखि लगाएको निषेधाज्ञाका कारण अहिले काठमाण्डौ उपत्यकाका सडक सुनसान देखिएका छन् ।

निषेधाज्ञामा अत्यावश्यक गाडीबाहेक अन्य यातायातका साधान सञ्चालनमा रोक लगाइएको छ । विशेषत काठमाण्डौको कोटेश्वर, एयरपोर्ट, सिनामङ्गल, बानेश्वर लगायत ललितपुरको मुख्य गाडीको चाप  हुने सडक अहिले सुनसान देखिएका छन् ।

ठाउँ ठाउँमा ट्राफिक प्रहरी तथा सुरक्षाकर्मीले गाडीको जाँच गरिरहेका छन् भने नियम विपरीत सञ्चालनमा रहेका दुई तथा चार पाङ्ग्रे गाडीलाई होल्ड गर्ने गरेका छन् । साथै मास्क नलगाइ हिँड्नेलाई सम्झाइ बुझाइ गरेर घरभित्रै बस्न र कोरोना सङ्क्रमणबाट जोगिन सुझाव दिएकाे दृश्य सडकमा देख्न सकिन्छ । यतिबेला सडकमा अत्यावश्यक सामग्री बोकेका ढुवानीका गाडी, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, प्रेस, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने गाडी देख्न सकिन्छ ।

प्रहरीहरुले पास भए-नभएको तथा परिचयपत्र बाेके/नबाेकेकाे चेक गरेरमात्रै गन्तव्यतर्फ जान अनुमति दिने गरेका छन् ।

हेर्नुहाेस् तस्बिर :

तस्बिरः विकास गोले

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया