नेपालगञ्जमा अक्सिजनसहितकाे ५० बेडको आइसोलेशन केन्द्र सञ्चालनमा

 बैशाख १९, २०७८ आइतबार ७:२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके - नेपालगञ्ज उपमहानगरपालिकाले अक्सिजनसहितको ५० बेडको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएकाे छ ।

कोरोनाको दोस्रो लहरमा सङ्क्रमितको सङ्ख्या अत्याधिक बढेपछि सहरका अस्पतालमा बेड अभाव भएपछि अभाव टार्न उपमहानगरपालिकाले आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएकाे हाे ।

भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा नेपालगञ्जको रामलीला मैदानमा रहेकाे तालिम केन्द्रमा आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको नेपालगञ्ज उपमहानगरका उपमेयर उमा थापा मगरले बताउनुभयो । उहाँले आइसोलेशन केन्द्र सञ्चालनमा आएपछि भेरी अस्पतालको चाप कम गर्न सहयोग पुग्ने बताउनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आइसोलेशन सञ्चालनमा आएसँगै बेड नपाएर छटपटाइरहेका बिरामीलाई राहात पुग्ने  बताउँदै सङ्क्रमण समुदायस्तरमा फैलिसकेकाले यसको रोकथाम र नियन्त्रणका लागि आफूहरु दिनरात खटिरहेको बताउनुभयो।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया