आंशिक र पूर्ण गरी थप १२ जिल्लामा निषेधाज्ञाको घोषणा, काठमाण्डौमा थप कडाइ

 बैशाख १९, २०७८ आइतबार ८:३३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आंशिक र पूर्ण गरी थप १२ जिल्लामा निषेधाज्ञाको घोषणा भएको छ ।

 उदयपुर, गुल्मी, झापा, डडेल्धुरा, रुकुम  पश्चिम, जाजरकोट र सल्यानमा पूर्ण निषेधाज्ञा लागू भएको छ ।

सल्यान, रुकुम पश्चिम र डडेल्धुरामा बिहान ६ बजेदेखि निषेधाज्ञा लागू भएको हो ।  यस्तै, गुल्मी र जाजरकोटमा गएरातिदेखि पूर्ण निषेधाज्ञा लागेको गृह मन्त्रालयले जनाएको छ । झापामा भने भरे राति १२ बजेदेखि पूर्ण निषेधाज्ञा लागू हुनेछ ।

बाजुराको हिमाली गाउँपालिकामा बिहान ५ बजेदेखि आंशिक निषेधाज्ञा लागू भएको छ । यसैगरी दार्जुलाको महाकाली नगरपालिकामा बिहान ६ बजेदेखि निषेधाज्ञा लागेको छ । मोरङको विराट महानगरपालिका, बुढीगंगा गाउँपालिका, जहँदा गाउँपालिका, कटहरी गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडा  तथा भारत र सुनसरीसँग सीमा जोडिएको क्षेत्रमा निषेधाज्ञा लागेको छ ।

काभ्रेमा भरे रातिदेखि आंशिक निषेधाज्ञा हुनेछ । गोरखाको भीमसेनथान गाउँपालिकाकाे वडा नम्बर ७ र ८ मा गएराति १२ बजेदेखि निषेधाज्ञा छ । काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरसहित  बाँके, सुर्खेत, कैलालीलगायत जिल्लामा यसअघि नै पूर्ण निषेधाज्ञा सुरु भइसकेको छ  ।

अहिलेसम्म आंशिक र पूर्ण गरी ३० जिल्लामा निषेधाज्ञा लागू भएको छ । यस्तै काठमाण्डौ उपत्यकामा आजदेखि निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ । सङ्क्रमणदर उच्च रहेको काठमाण्डौ उपत्यकामा आजदेखि थप कडाइ गर्न लागिएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।

उपत्यकामा कडाइ गर्न आज पनि बिहानैदेखि सुरक्षाकर्मी खटिएका छन्  ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया