टेलिकमको लोगो दुरुपयोग गरी सामाजिक सञ्जालमा गलत सूचना, सचे...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - कोरोनाले अति प्रभावित भारतलाई विभिन्न देशबाट सहयोग आउन सुरु भएको छ ।
अमेरिकाले भारतलाई थप ३ वटा विमानमार्फत स्वास्थ्य सामग्री सहयोग गरेको छ । यूएसएडले विज्ञप्तिमार्फत भारतलाई थप ३ वटा विमानमार्फत अक्सिजन सिलिन्डरसहितको उपकरण र स्वास्थ्य सामग्री उपलब्ध गराएको जानकारी गराएको हो । अमेरिकाले विमानमार्फत ९ लाख थानभन्दा धेरै एन-९५ मास्कसमेत पठाएको छ । अमेरिकाले योभन्दा पहिले २ वटा विमानमार्फत स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।
यस्तै कोरोना सङ्क्रमणका कारण निक्कै समस्यामा परिरहेको भारतलाई अरु देशले पनि सहयोग गर्न सुरु गरेको छ । भारतलाई फ्रान्सले पनि स्वास्थ्य सम्बन्धी सामग्री उपलब्ध गराएको छ । ८ वटा अक्सिजन जेनेरेटरसहित ८ टन स्वास्थ्य बोकेको फ्रान्सको जहाज भारतको नयाँदिल्लीमा अवतरण भएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा मात्रै ३ लाख ९२ हजारभन्दा धेरै सङ्क्रमित थपिएका छन् । यस्तै ३ हजार ६ सय ८८ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या २ लाख १८ हजार ८ सय नाघेको छ । भारतमा अहिले सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ३३ लाख ५२ हजारभन्दा धेरै रहेको छ ।
कोरोना सङ्क्रमित धेरै हुँदा भारतका विभिन्न अस्पतालमा अक्सिजनको अभाव भएको छ । सङ्क्रमितले शैया पाउनसमेत मुस्किल भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।