लुम्बिनी प्रदेशमा एमालेको एकल बहुमतको सरकार बनाउने गृहकार्य सुरु

 बैशाख १९, २०७८ आइतबार १०:४५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - लुम्बिनी प्रदेशमा एकल बहुमतको सरकार बनाउने गृहकार्य सुरु भएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएसँगै अब नयाँ सरकार गठनको गृहकार्यमा नेकपा एमाले अघि सरेको हो ।

जनता समाजवादी पार्टीका ४ सांसद पदमुक्त भएसँगै लुम्बिनीमा नेकपा एमालेको एकल बहुमत पुगेको छ । यसअघि संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बन्नुभएका मुख्यमन्त्री पोखरेललाई अब संविधानको धारा १६८ को १ अनुसार एकल सरकार बनाउने बाटो खुलेको छ ।

लुम्बिनी प्रदेशमा एकल बहुमतको सरकार गठनको गृहकार्य सुरु भएको नेकपा एमालेको रुपन्देहीका जिल्ला इञ्जार्ज दधिराम न्यौपानेले बताउनुभएको छ । उज्यालोसँग कुरा गर्दै उहाँले अब नेकपा एमालेको एकल बहुमतको सरकार बनाउने गृहकार्य सुरु हुने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया