बेलझुण्डी अस्पतालमा अक्सिजन अभाव हुँदा एक जनाको ज्यान गयो

 बैशाख १९, २०७८ आइतबार १३:५६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा अक्सिजन अभाव हुँदा एक जनाको ज्यान गएको छ । शनिवार (हिजाे) रातिदेखि अक्सिजन अभाव भएको र अक्सिजनकै अभावका कारण केहीबेर अघि एक जना कोरोनाका बिरामीको ज्यान गएको अस्पतालका सम्पर्क व्यक्ति द्रोण वलीले उज्यालोलाई जानकारी दिनुभयो ।

कोरोना विशेष अस्पताल बेलझुण्डी अस्पतालमा ५९ जना बिरामी रहेकोमा ४० जना सिकिस्त छन् । अक्सिजन नहुँदा कैयौँको ज्यान जोखिममा परेको वलीले बताउनुभयो  । 

अस्पतालले नेपालगञ्जबाट अक्सिजन ल्याउँदै आएको छ । अक्सिजन लिन गएको ट्रक लाइनमा बस्दा ढिलाइ भएको र यता बिरामीको ज्यान गएको वलीले बताउनुभयो । अहिले भर्खरै ट्रकले ६५ वटा सिलिन्डर अक्सिजन ल्याएको तर यसले पनि राति ८ बजेसम्मलाई मात्रै पुग्ने वलीको भनाइ छ ।   

‘अक्सिजन अभाव भएर एक जनालाई १५ मिनेट मात्रै दिने र त्यै सिलिन्डरको अक्सिजन अर्को बिरामीलाई दिने गरेर पालो मिलाएका छौँ, अक्सिजन कम हुँदा केही छटपटीमा हुनुहुन्छ, अवस्था डरलाग्दो छ’, वलीले भन्नुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया