आन्तरिक उडान भोलिदेखि बन्द, भारतसँग हवाई सम्बन्ध विच्छेद

 बैशाख १९, २०७८ आइतबार २०:१३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले साेमवार (भोलि) रातिदेखि आन्तरिक उडान बन्द गर्ने भएको छ । आइतवार (आज) को मन्त्रिपरिषद्काे बैठकले भोलि मध्य रातिदेखि आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको कृषि मन्त्री पद्मा अर्यालले उज्यालोलाई जानकारी दिनुभयो ।

यस्तै भारतसँगको हवाई सम्पर्क पनि विच्छेद गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभएको छ । तर राष्ट्रिय अन्तर्राष्ट्रिय चार्टर उडानलाई बन्द गरिने छैन । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया