दाङ : तत्काल अक्सिजन आपूर्तिबारे तुलसीपुरका नगरप्रमुख र उपप्रधानमन्त्री पोख्रेलबीच कुराकानी

 बैशाख २०, २०७८ सोमबार ९:२६:४० | हेमराज शर्मा
unn.prixa.net

दाङ - अक्सिजन आपूर्तिमा भएको असहजताबारेमा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र उपप्रधानमन्त्री इश्वर पोख्रेलबीच टेलिफोन कुराकानी भएको छ ।

दाङमा अक्सिजन अभावका कारण कोरोना सङ्क्रमितको ज्यान गएको भन्दै अक्सिजन आपूर्तिमा सहजताका लागि नगरप्रमुख पाण्डेले सीसीएमसीमा संयोजक समेत रहेका उपप्रधानमन्त्री पोख्रेलसँग आग्रह गर्नुभएको हो ।

नेपालगञ्जमा रहेको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन भारतमा जाने गरेको बताउँदै सङ्क्रमणको अवधिमा छिमेकी जिल्लालाई प्राथमिकतामा राखेर आपूर्ति गर्नका लागि उपप्रधानमन्त्री पोख्रेलले निर्देशन समेत दिनुभएको थियो । कुराकानीपछि आजदेखि अक्सिजन आपूर्तिमा सहजता हुने विश्वास रहेको नगरप्रमुख पाण्डेले बताउनुभयो ।

यसैबीच दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा गएराति ९० वटा सिलिन्डर नेपालगञ्जबाट ल्याइएको र त्यसले आज दिउँसो १ बजेसम्म लागि पुग्ने अस्पतालका व्यवस्थापक द्रोण वलीले जानकारी दिनुभयो । यसअघि कोरोना विशेष अस्पतालमा अक्सिजन अभाव हुँदा एकजनाको ज्यान गएको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया