त्रिविका समस्या समाधानको प्रस्ताव ल्याउन पदाधिकारीलाई प्रधानमन्त्रीकाे निर्देशन

 पुष ७, २०८१ आइतबार १८:१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का समस्या समाधानको प्रस्ताव ल्याउन पदाधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित त्रिवि विश्वविद्यालय सभाको अनौपचारिक बैठकमा त्रिविका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले समस्या समाधानको प्रस्ताव माग्नुभएको हो ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवम् सहकुलपति विद्या भट्टराई, उपकुलपति प्रा. डा. केशरजंग बराल, शिक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्ले, विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, विद्यार्थी, पब्लिक क्याम्पसलगायत क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए ।

छलफलमा सहभागीहरूका कुरा सुनेपछि प्रधानमन्त्री ओलीले सिनेटरहरू सार्वजनिक खपतका लागि नभई समस्या समाधान र सुधारको मुख्य मुद्दामा केन्द्रित हुनुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले त्रिविको जनशक्ति, गरिएका काम र लक्ष्यहरूलाई वेबसाइटमार्फत सार्वजनिक गर्न पनि निर्देशन दिनुभयो ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया