दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – सरकारले अवकाश प्राप्त चिकित्सकलाई एक वर्षका लागि करारमा लिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै सरकारले अवकाश प्राप्त चिकित्सकलाई एक वर्षका लागि करारमा नियुक्त गर्ने पनि निर्णय गरेको जानकारी दिनुभयो ।
यस्तै स्वास्थ्यकर्मी, चालक, सहचालक, सफाइकर्मीलगायत कोरोना नियन्त्रणमा खटिनेहरूलाई सुरुको तलब स्केलको ५० प्रतिशतले हुन आउने रकम बराबर प्रोत्साहन भत्ता दिने पनि प्रधानमन्त्रीले घोषणा गर्नुभएको छ । यस्तै उनीहरूका परिवारको उपचार र बीमाको व्यवस्था गरिने भएको छ ।
यस्तै प्रधानमन्त्री ओलीले कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट वञ्चित हुन नपरोस् र ज्यान नजाओस् भन्नेमा सरकार सचेत रहेको बताउँदै सङ्घीय सरकार, प्रदेश र पालिकाहरूमा विभिन्न तहका अस्पताल बनाउने काम भइरहेको पनि जानकारी दिनुभयो । वीर अस्पतालको नयाँ भवन, सेनाको त्रिचन्द्र मिलिटरी अस्पताल र अन्य केही ठूला अस्पताललाई कोभिड अस्पतालको रूपमा विकास गरिने प्रधानमन्त्रीले बताउनुभयो ।
यस्तै नेपाली सेनालाई एक हजार शय्याको अस्पताल बनाउन निर्देशन दिइएको पनि प्रधानमन्त्रीले जानकारी दिनुभयो । साथै पार्टी प्यालेस, विद्यालय, रङ्गशाला हल, होटल, कारखाना, गोदाम घरलगायतलाई क्वरेण्टीन, आइसाेलेशन, होल्डिङ सेन्टर बनाउने ओलीको भनाइ छ ।
यस्तै देशभरका ठूला अस्पतालमा अक्सिजन प्लान्ट बनाउने, भएका प्लान्टको क्षमता बढाउने र बिग्रेका प्लान्टको मर्मत गर्न निर्देशन दिइएको प्रधानमन्त्रीले बताउनुभयो ।
साथै अस्पतालले हरेक दिन आफूसँग भएका शय्याको बारेमा स्वास्थ्य मन्त्रालयलाई रिपोर्ट पठाउनुपर्ने र शय्या लुकाएको पाइएमा कारबाही हुने प्रधानमन्त्रीको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रबि रन्जित
May 24, 2021, 1:03 p.m.यो पनि उखान जस्तै लाग्यो, कसरी बिश्वास गर्ने ? खाली भुलाउने काम बाहेक अरु के नै उपलब्धी भएको छ र नयाँ नेपालमा ? नेताहरुको गुलियो र मिठो वचन धेरै खाएर होलान् ,नेपाली जनता मधुमेह रोग बाट ग्रसित भइसकेका छन, अब डाइलेसिस गर्ने पालो नेताबर्गहरुको, अनिमात्रै साच्चिकै नयाँ नेपाल हुनेछ भन्ने बिश्वास लिएको छु, जय नेपाल ।