प्रधानमन्त्री ओलीलाई विश्वासकाे मत लिनबाट रोक्ने कांग्रेसकाे निर्णय

 वैशाख २१, २०७८ मंगलबार १८:३०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासकाे मत लिनबाट रोक्ने निर्णय गरेको छ । मङ्गलवार (आज) बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासकाे मत लिनबाट रोक्ने निर्णय गरेको नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो ।

यस्तै बैठकले सरकारले थप अध्यादेश ल्याएकोमा पनि विरोध गरेको छ । संसद् बोलाइ सकेपछि पनि अध्यादेश ल्याउनु सरकारको गलत मनसाय भएको कांग्रेसको ठहर छ ।

यस्तै सरकार कोरोना महामारी रोकथामका लागि गम्भीर नभएको भन्दै बैठकले महामारी नियन्त्रणका लागि सरकारलाई दबाब दिने निर्णय पनि गरेको छ ।

यसैगरी कांग्रेसको आसन्न महाधिवेशन तोकिएको समयमै गर्ने र यसका लागि महामारीसँग जुध्न आवश्यक स्वास्थ्यका मापदण्ड पालना गरी तोकिएका काम जारी राख्ने निर्णय गरेको सहमहामन्त्री महतले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया