दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डौ – मलेसियाले नेपालीसहित चार देशका नागरिकको प्रवेशमा रोक लगाउने भएको छ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण रोकथामका लागि नेपाल, बङ्गलादेश, पाकिस्तानी र श्रीलंकाका नागरिकको प्रवेशमा रोक लगाउने निर्णय भएको मलेसियाको स्थानीय सञ्चार माध्यम द स्टारले खबर लेखेको छ ।
निश्चित समयका लागि रोक लगाइएको भए पनि कहिलेदेखि कहिलेसम्म लगाउने भन्ने बारे खुलाइएको छैन । मलेसिया सिनियर मन्त्री दातुक सेरी स्लामाइ साबरी याकोबले चार देशका नागरिकको प्रवेशमा रोक लगाउने घोषणा भने गरिसकेका छन् । यो निर्णय अनुसार कूटनीतिक र सरकारी पासपोर्ट भएका बाहेक अन्य कुनै पनि भिसामा यी देशका नागरिक मलेसिया प्रवेश गर्न पाउने छैनन् ।
भारतमा पछिल्लो समय कोरोना महामारी बढेसँगै अप्रिल २८ देखि नै मलेसिया र भारतबीच हुने उडानहरूमा मलेसियाले प्रतिबन्ध लगाइसकेको छ । यी देशबाट आउने आफ्ना नागरिकले पनि अनिवार्य रूपमा १४ दिन क्वरेण्टीन बस्न पर्ने मलेसियाले जनाएको छ ।
नेपाल सरकारले पनि बिहीबार मध्ये रातीदेखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ । भारतमा भने हप्तामा दुई दिन उडान हुनेछ । नेपालले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएसँगै वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र फर्कंनेहरु पनि रोकिएका छन् । यस्तै नयाँ श्रम स्वीकृति पनि बन्द गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । अनलाइनबाट पुनः श्रम स्वीकृति भने लिन सकिनेछ । विदेशबाटै पनि अनलाइन पुनः श्रम स्वीकृति लिन सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।