समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सञ्चारमाध्यमको भूमिका आवश्यक : प्रधानमन्त्री ओली

 वैशाख २४, २०७८ शुक्रबार ७:५२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सञ्चारमाध्यमको सिर्जनात्मक र रचनात्मक भूमिका आवश्यक रहेको बताउनुभएको छ ।

छैठाैं राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले आर्थिक सामाजिक रूपान्तरण गरी समृद्ध देश र सुखी नेपाली बनाउने अभियानमा आमसञ्चार माध्यमको सशक्त भूमिका हुने बताउनुभएको हो  ।

उहाँले आमसञ्चार माध्यम मानवता, भौगोलिक अखण्डता र राष्ट्रियताको पक्षमा सधैं दृढतापूर्वक उभिनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले प्रेस स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रियताको संरक्षण र सम्वर्द्धन, सामाजिक न्याय र समानताको प्रत्याभूतिमा सरकार दृढ रहेको समेत बताउनुभएको छ ।

विसं १९५८ वैशाख २४ गते गोरखापत्र प्रकाशन सुरु भएको दिनलाई सम्झेर नेपालमा राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउने गरिन्छ । ‘समृद्धिका लागि सञ्चार’ अभियानका साथ यसवर्ष छैठाैं राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ ।

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया