भारतमा कोरोनाका कारण एकैदिन चार हजारभन्दा धेरैको ज्यान गयो

 बैशाख २५, २०७८ शनिबार ११:४२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतमा कोरोना भाइरसका कारण एकैदिन चार हजारभन्दा धेरैको ज्यान गएको छ ।

गएको २४ घण्टामा कोरोनाका कारण चार हजार एक सय ८७ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

योसँगै भारत एकैदिन कोरोना सङ्क्रमणका कारण चार हजारभन्दा धेरैको ज्यान जाने तेस्रो देश बनेको छ । यसअघि ब्राजिल र अमेरिकामा एकैदिन चार हजारभन्दा धेरैको ज्यान गएको थियो । यस्तै, गएको २४ घण्टामा भारतमा चार लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ ।

भारतमा अहिलेसम्म दुई करोड १८ लाख ९२ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने दुई  लाख ३८ हजारभन्दा धेरैको ज्यान गएको छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया