अक्सिजनको तत्काल व्यवस्थापन गर्न सरकारसँग चिकित्सक संघको माग

 वैशाख २५, २०७८ शनिबार १६:५९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल चिकित्सक संघले तत्काल अस्पतालहरुमा अक्सिजनको सहज व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेको छ ।

संघले विज्ञप्ति निकालेर कोरोना सङ्क्रमितलाई अक्सिजन अभाव हुन नदिन अस्पतालमा तत्काल अक्सिजन सिलिण्डरको व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेको हो । दोस्रो लहरको कोरोना सङ्क्रमण नेपालमा पनि उच्च दरमा बढिरहेको भन्दै संघले तत्काल यसबारे गम्भीर नबने अवस्था भयावह हुने भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

यस्तै विभिन्न अस्पतालले अक्सिजनको अभाव भई नयाँ बिरामी भर्ना गर्न नसकिएको भनेर विज्ञप्ती निकालेकोप्रति पनि आपत्ति जनाएको छ । अस्पतालले बिरामी आफैंले अक्सिजन व्यवस्था गर्नु भनेर विज्ञप्ति निकाल्नु आपत्तिजनक रहेको संघका महासचिव डाक्टर बद्री रिजालले बताउनुभएको छ ।

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया