‘राजीनामाको कुरा सोध्दा माधव नेपालले टाउको हल्लाउनुभयो, बोल्नुभएन’

 बैशाख २६, २०७८ आइतबार १७:१६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेबाट निलम्बनमा पर्नुभएका वरिष्ठ नेता माधव नेपालसँग ओली पक्षका नेता विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङबीच छलफल भएको छ । छलफलका लागि अध्यक्ष केपी शर्मा ओलीले दुई जना नेतालाई सिंहदरवार पठाउनुभएको थियो ।

‘ओली कमरेडले माधवजी लाई फोन गरेर मैले साथीहरू पठाएको छु भन्नुभएको थियो, त्यसैअनुसार हामीले छलफल गर्‍याैँ, समस्या कहाँनेर हो छलफल गरौँ र समस्या समाधान गरौँ, पार्टी फुट्ने कुरा नगरौँ भनेका छौँ’, नेम्वाङले उज्यालोसँग भन्नुभयो । 

नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिन लागेको विषय पनि छलफलमा उठेको थियो । ‘हामीले तपाईँहरूले राजीनामा दिन लाग्नुभएको कुरा पनि सुनेका थियौँ भनेर कुरा राख्यौँ, राजीनामाको कुरा सुन्दा माधव कमरेडले टाउको हल्लाउनुभयो, खासै केही बोल्नुभएन’, नेम्वाङले भन्नुभयो । 

पार्टीमा रहेका समस्या वार्ता र संवादबाट टुङ्ग्याउनुपर्नेमा अध्यक्ष ओलीको जोड रहेको कुरा आफूहरूले राखेको पनि नेम्वाङले जानकारी दिनुभयो । छिट्टै फेरि वार्तामा बस्ने कुरा भएको र यो बीचमा राजीनामा दिने जस्ता तिक्ततापूर्ण कुरा नहोस् भन्ने कुरा आफूहरूले राखेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया