एनपीएलको उद्घाटन खेलकाे सबै टिकट बिक्री, ३३ लाख रुपैयाँभन्दा...
मंसिर १२, २०८१ बुधबार
चितवन - मुलुकी देवानी (संहिता) ऐन २०७४ लागू भएपछि छ दिनमा नौ पुरुषले सम्बन्धबिच्छेदको मुद्दा दर्ता गराएका छन् ।
चितवन जिल्ला अदालतमा भदौ १ गतेदेखि ६ गतेसम्म नौ पुरुष र छ महिलाले सम्बन्धबिच्छेदका लागि मुद्दा दर्ता गराएका हुन् । अदालतका सूचना अधिकारी केशवप्रसाद पौडेलका अनुसार यसअघि पुरुषले सोझै अदालतमा सम्बन्धबिच्छेदको मुद्दा दर्ता गर्न पाउँदैनथे । स्थानीय तहमा निवेदन दिएपछि मिलापत्र हुन नसकेमा त्यहाँको सिफारिशसहित अदालत आउनु पर्ने व्यवस्था थियो ।
पौडेलका अनुसार गत वर्ष ७०७ सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएकोमा छ वटा मात्रै पुरुषका तर्फबाट परेका थिए । जिल्ला अदालत चितवन बार एशोसिएशनका अध्यक्ष कमल पाठकका अनुसार ऐनले पुरुषलाई पनि महिलासरह सोझै अदालत जाने बाटो खोलिदिएको बताउनुभयो ।
यसअघि ऐन बन्दा पुरुष महिलाबाट अन्यायमा पर्ने परिकल्पना गरिएको थिएन । संविधानमा भएको समानताको हकको व्यवस्थाअनुसार महिला र पुरुषलाई समान अधिकारको कानून बनेसँगै महिलासरह पुरुष पनि सोझै अदालत जान पाउने भएको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
GOVINDA ACHARYA
Aug. 24, 2018, 9:04 a.m.2075 HO KI 2074 HO RW