दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षका सांसदहरूको छलफल सिंहदरबारमा चलिरहेको छ । आइतवार (आज) दिउँसो १२ बजेदेखि चलिरहेको बैठकले खास निर्णय गर्न सकेको छैन ।
आज प्रधानमन्त्री तथा अध्यक्ष ओलीले कमजोरी स्वीकार्नुको साटो धम्कीपूर्ण अपिल निकालेकाले साेमवार (भोलि) संसद् बैठक बस्नुअघि राजीनामा दिने विषयमा अहिले छलफल भइरहेको नेता मेटमणि चौधरीले उज्यालोलाई जानकारी दिनुभयो ।
माधव नेपालले विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङसँग कुराकानी गरे पनि ओलीले सच्चिनेबारेमा कुनै कुरै गर्न नचाहेको सङ्केत मिलेको चौधरीको भनाइ छ ।
ओलीले अपिल निकाल्दै सामूहिक राजीनामा दिएर आफ्नै राजनीतिक भविष्य समाप्त पार्ने तर पार्टीलाई पछारी छाड्ने हानिकार प्रयास भएकालाई इतिहासले माफी गर्ला ? भनेर ओलीले प्रश्न गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।