अक्सिजनका खाली सिलिण्डर ल्याउन निगमको वाइडबडी विमान चीन जाँदै

 वैशाख २७, २०७८ सोमबार ११:४१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चीनबाट अक्सिजनका खाली सिलिण्डरसहित स्वास्थ्य सामग्री ल्याउन नेपाल वायु सेवा निगमको वाइडबडी विमान आज चीन जाँदै छ ।

आज राति साढे ११ बजे नेपालबाट बेइजिङ प्रस्थान गर्ने र स्वास्थ्य सामग्री लिएर भोलि विमान स्वदेश फर्किने विमानस्थल कार्यालयले जनाएको छ । पहिलो चरणमा ४ सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेटरसहित स्वास्थ्य सामग्री नेपाल ल्याउने तयारी भएको छ ।

२० हजार खाली सिलिण्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिण्डर ल्याउने तयारी भएको हो । बीस हजार सिलिण्डरमध्ये दुई हजार विमानबाट र १८ हजार सडकमार्ग हुँदै नेपाल ल्याइने छ । नेपाल सरकारको अनुरोधमा चीनले २० हजार खाली सिलिण्डर निःशुल्क पठाउन लागेको हो ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया