यूएईले नेपालसहित चार देशका नागरिकको प्रवेशमा रोक लगाउने

 बैशाख २७, २०७८ सोमबार १७:२४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यूएईले नेपाली नागरिकको प्रवेशमा रोक लगाउने भएकाे छ ।  आउँदो बुधबारदेखि अर्को सूचना जारी हुँदासम्मका लागि नेपालसहित चार देशका नागरिकको प्रवेशमा रोक लगाएको यूएईको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । 

नेपाली नागरिकसहित अब बङ्गलादेश, पाकिस्तान तथा श्रीलंकन नागरिकहरू यूएई प्रवेश गर्न पाउने छैनन् ।

नेपालसहित चार देशबाट ट्रान्जिट भएर आउने यात्रुले पनि यूएईमा प्रवेश गर्न पाउने छैनन् । तर यूएईका नागरिक, कुटनीतिक नियोगका कर्मचारी, यूएईका गोल्डेन रेजिडेन्सी होल्डर्स लगायतले भने यूएई जान पाउनेछन् । 

यूएई यात्रा गर्दा पछिल्लो ४८ घण्टा भित्र गरिएको पिसिआर रिपोर्ट नेगेटिभ रहेको, विमानस्थलमा पुनः पिसिआर परीक्षण गरिने यूएईले जनाएको छ । यूएई पुगेपछि पनि १० दिन क्वरेण्टीन अनिवार्य बस्नुपर्ने छ भने  यूएई पुगेको ५ औँ र ८ औँ दिन पीसीआर परीक्षण गर्नुपर्नेछ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

1 Comments

  • DESH KO DAND KO CHAPET MA PAREKO MANCHHE

    May 10, 2021, 5:58 p.m.

    अब बचेको केहि शेष बिचार नै सिद्धियो , ९/९ महिना आलोपालो गरेर ....

  •  0 Reply

तपाईको प्रतिक्रिया