एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डाै – काठमाण्डौमा अक्सिमिटरको कालोबजारीमा संलग्न भएको आरोपमा सात जना पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाण्डौ, महानगरीय अपराध अनुसन्धान महाशाखा र औषधि व्यवस्था विभाग तथा वाणिज्य विभागको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा सात जनालाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।
पक्राउ पर्नेमा बल्खुमा रहेको बायोप्लस फर्माका सञ्चालक शिखर श्रेष्ठ, थापाथलीमा रहेको नानोटेक फर्माका सञ्चालक शेषकान्त अधिकारी, बाजुरा घर भएका थुमराज उपाध्याय, सुनसरी घर भएका पुष्कर घिमिरे, विराटनगरका विशाल आचार्य, सिन्धुलीका सन्तोष भण्डारी र भारतीय नागरिक जगदीश प्रसाद रानासरिया रहेका महानगरीय अपराध महाशाखाले जनाएको छ ।
टोलीले उनीहरूको साथबाट सात सय ६५ थान अक्सिमिटर समेत बरामद गरेको काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो ।
न्यून गुणस्तरको अक्सिमिटरको बजार मूल्य झण्डै सात सय सय रुपैयाँ पर्ने भए पनि व्यापारीहरूले दुई हजार दुई सय रुपैयाँसम्ममा बेच्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
कोरोनाको सङ्क्रमण बढ्दै जाँदा बजारमा अक्सिमिटरको माग पनि बढेको छ । अक्सिमिटर शरीरको पल्स र अक्सिजनको मात्रा नाप्न प्रयोग हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
अर्जुन
May 11, 2021, 2:01 p.m.उक्त अक्सिमिटरको साइज र ब्रान्ड पनि सार्बजनिक भए आम उपभोक्तालाई खरिद गर्न सहज हुने थियो