कम्तीमा एक सय बेड सञ्चालन गरेका अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्न मन्त्रालयकाे निर्देशन

 बैशाख २९, २०७८ बुधबार २०:४४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कम्तीमा एक सय बेड सञ्चालन गरेका अस्पतालाई अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको छ ।

मन्त्रालयमा बुधवार बसेको बैठकले १५ दिनभित्र देशभरका एक सय बेड सञ्चालमा रहेका अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट निमार्ण गर्न निर्देशन दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 

नेपालमा काेराेना सङ्क्रमण दर बढेपछि देशभरका अस्पतालमा अक्सिजनकाे अभाव हुन थालेकाे छ । केही अस्पतालले अक्सिजन अभावका कारण थप बिरामी भर्ना गर्न नसक्ने र उपचार गराइरहेकालाई पनि समस्या हुने बताएका छन् । 

पछिल्लो २४ घण्टामा नाै हजार तीन सय पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख एक हजार ६ सय ३४ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सक्रिय सङ्क्रमितमध्ये संस्थागत आइसाेलेशनमा सात हजार दुई सय ९१ जना र होम आइसाेलेशनमा मात्रै ९४ हजार तीन सय ९४ जना रहेका मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया