६ सय थान अक्सिजन सिलिण्डर ल्याउन निगमको जहाज ओमान जाने, हरेक दिन बेइजिङ उडानको योजना

 वैशाख ३०, २०७८ बिहीबार ९:११:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल वायुसेवा निगमको वाइडबडी जहाज अक्सिजन सिलिण्डर लिन शनिबार ओमान जाने भएको छ ।

गैर आवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त हुने ६ सय थान अक्सिजन सिलिण्डर लिन वाइडबडी जहाज आउँदो शनिबार ओमानको राजधानी मस्कट जाने निगमका महाप्रबन्धक डिमप्रकास पौडेलले जानकारी दिनुभयो ।

शनिबार नै जहाज चीनको बेइजिङ जाने तयारीमा छ । बेइजिङमा संकलित चार सय थान अक्सिजन कन्सन्ट्रेटर, चार सय थान सिलिण्डर र अन्य चिकित्सा सामाग्री लिन बेइजिङ जाने तयारी गरिरहेका उहाँको भनाइ छ ।

त्यसपछि हरेक दिन नेपालकाे लागि ५ सय ५० थान सिलिण्डर उत्पादन हुने भएकोले दिनदिनै वाइडबडी जहाज बेइजिङ पठाउने तयारी छ । अन्यत्र उपलब्ध हुन सक्ने सामानहरु ल्याउन निगमका सबै जहाजहरु तयारी अवस्थामा राखिएको महाप्रबन्धक पौडेलले बताउनुभयो ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Sujan kafle

    May 13, 2021, 11:57 a.m.

    नेपाल का फोहोरी नेता हरु ले न देश लाई उभो लाग्न दिने भए न विकास नै गर्ने, अर्काको आशा मा रह्याल लड्ने किसिमको राजनीति भएपछि कहाँ देश अघि बढ्न सक्छ र। देश र जनताको समृद्धि काे लागि काम गर्ने बेला मा इंडिया को गुलामी गर्ने नेता भएपछि कहाँ देश ले शान्तिको सास फेर्न सक्छ

  •  0 Reply

तपाईको प्रतिक्रिया