प्रधानमन्त्रीलाई उद्घाटनकै मोह : निर्माण पूरा नभएको गोदावरी हल भोलि उद्घाटन हुने

 वैशाख ३०, २०७८ बिहीबार ११:५३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना संक्रमितलाई अक्सिजन नभएर अवस्था भयावह भइरहेको बेला पनि प्रधानमन्त्री केपी शर्मा ओली भने पूरा नभएका आयोजना उद्घाटनमै व्यस्त हुनुहुन्छ ।

पूरा नभएका आयोजना उद्घाटन गरिरहेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले गोदावरीमा निर्माण भइरहेको सनराइज सम्मेलन केन्द्रको उद्घाटन गर्न लाग्नुभएको छ । ओलीले भोलि दिउँसो बालुवाटारबाट भर्चुअल रुपमा केन्द्रको उद्घाटन गर्ने र केही कर्मचारी गोदावरीमै जाने शहरी विकास मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री नै गोदावरी जाने भनेर यसअघि मन्त्रालयले निमन्त्रणा कार्ड बाँडेपछि चौतर्फी आलोचना भएको थियो । आलोचनापछि प्रधानमन्त्रीले बालुवाटारबाटै उद्घाटन गर्ने कार्यक्रम तय भएको हो । गोदावरी हलको पूरै काम भने सम्पन्न भएको छैन ।

सिट व्यवस्थापन, रंग रोगन, साउन्ड सिस्टम लगायतका काम बाँकी रहेका छन् । हल बाहिर पार्किङ र बगैँचाको काम सुरु नै भएको छैन । काम पूरा नभए पनि प्रधानमन्त्री कार्यालयकै दबाबमा उद्घाटनको तयारी भएको शहरी विकास मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया